सूचनाको शक्ति - The Power Of Information

        

नेपाली महिला टाेली फिफा वरीयतामा १ स्थान तल झर्‍याे

नेपाली महिला फुटबल टाेली फिफा वरीयतामा एक स्थान तल झरेकाे छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज शुक्रवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको हो । नयाँ वरीयतामा नेपाल १ सय २ औँ स्थानमा रहेको छ ।

अघिल्लो पटकको वरीयतामा नेपाल १ सय १ औँ स्थानमा रहेको थियो । एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २१ औँ स्थानमा रहेको छ ।

यस्तै दक्षिण एसियाली राष्ट्रको वरीयतामा नेपाल दोस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि रहेको भारत ५८ औँ स्थानमा रहेको छ । विश्व वरीयतामा अमेरिका शीर्ष स्थानमा यथावत् छ ।

यस्तै जर्मनी दोस्रो स्थानमा रहँदा स्विडेन तेस्रो स्थानमा झरेको छ । इङ्ग्ल्यान्ड चौथो र फ्रान्स पाँचौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार १९:२८