सूचनाको शक्ति - The Power Of Information

        

सुन व्यवसायी पक्राउ प्रकरणले विवादमा फस्यो प्रहरी

नेपाल एयरलाइन्सको विमानको उडान रोकेर प्रहरीले बुधबार एक सुन व्यवसायीलाई नियन्त्रणमा लिएको घटनामा प्रहरी विवादमा परेको छ ।

कैलालीका व्यवसायी सन्तोष लामिछानेलाई पक्राउ गर्न यसरी प्रहरीले उड्न लागेको विमान दुई घन्टा रोकेको थियो । लामिछाने अन्य सुनचाँदी व्यवसायीसहित मुम्बई जाँदै थिए ।

गहना सम्बन्धि एक्पोमा भाग लिन जान लागेका उनीविरुद्ध उजुरी परेको भन्दै प्रहरीले सबै यात्रु विमानबाट केही समय झारेको थियो ।

लामिछाने र उनकी श्रीमतीलाई नियन्त्रणमा लिएपछि विमान उड्न दिएको थियो । लामिछानेमाथिको अभियोग प्रहरीले खुलाएको छैन ।

स्रोतका अनुसार सुरुमा आतंककारी गतिविधिमा संलग्न शंकास्पद व्यक्ति विमानभित्र रहेको भन्दै उडान रोक्न लगाइएको थियो ।

आतंकवाद सम्बन्धि गतिविधि अनुसन्धान गर्ने नेपाल प्रहरीको बिशेष ब्यूरोमार्फत यसरी उड्न लागेको विमान रोक्न लगाइएको हो ।

आतंकवादसँग सम्बन्धित व्यक्ति रहेको भनिए पनि सामान्य व्यापारीलाई नियन्त्रणमा लिन यसरी उड्न लागेको विमान नै रोकिएकोमा नागरिक उड्डन अधिकारीले अचम्म मानेका छन् ।

व्यापारी लामिछाने एक्सपोमा जान लागेको र जान नपाएका केही व्यापारीले प्रहरी लगाएर उनलाई पक्राउ गराएको भन्दै गृह मन्त्रालयमा समेत उजुरी परेको छ ।

यो घटनामा बिशेष ब्यूरोका डिआइजी अशोक सिंह तथा कैलालीका एसपी सोमेन्द्रसिंह राठौर विवादमा तानिएका छन् । व्यापारीलाई पक्राउ गरेर फाइदा लिन यसरी पक्राउ गरेको आरोप लागेको छ ।

 

दृष्टि न्यूज

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार १५:२८