सूचनाको शक्ति - The Power Of Information

        

सामुदायिक बिद्यालयको स्थलगत अनुगमन

राप्तीसोनारीका बिद्यालय अनुगमनमा गाउँपालिका अध्यक्ष तप्त पौडेल

बिद्यालयलाई कमजोरीहरु सुधार गर्न सुझाव

बाँकेकाे राप्ती सोनारी गाउँपालिका क्षेत्रभित्र सञ्चालित सामुदायिक बिद्यालयको अवस्था बुझ्न स्थलगत अनुगमन गरिएको छ । गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलको नेतृत्वमा अनुगमन गरिएको हो ।

उक्त टोलीले राप्ती सोनारी ५, ६ र ७ का विभिन्न बिद्यालयको अनुगमन गरी अवस्था बुझेको गाउँपालिका अध्यक्षका सचिवालयमा कार्यरत माधव डाँगीले जानकारी दिए ।

अनुगमनका क्रममा बिद्यालय नियमित रुपमा सञ्चालनमा रहेको, शिक्षक र बिद्यार्थीले बिद्यालय पोसाक पूर्ण रुपमा परिपालन नगरेको, कक्षा कोठामा मोबाईल अनावश्यक रुपमा प्रयोग भएको, शिक्षण सिकाई क्रियाकलाप परम्परागत भएको, कक्षा कोठा ब्यवस्थापनमा पर्याप्त रुपमा ध्यान नदिइएको जस्ता कुराहरु देखिएको उनले बताए ।

अनुगमनका क्रममा गाउँपालिका अध्यक्ष पौडेलसहित शिक्षा शाखा प्रमुख जीवन न्यौपाने र गाउँपालिका अध्यक्षका सचिवालयमा कार्यरत पवन शाह तथा माधव डाँगी सहभागी थिए ।

अनुगमनका क्रममा ति बिद्यालयलाई कमजोरीहरु सुधार गर्न टोलीले सुझाव दिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार ०९:४०