सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जको रंगशाला घाँसे मैदानमा परिणत

बाँकेको नेपालगन्जमा रहेको नेपालगन्ज रंगशाला अहिले घाँसे मैदानमा परिणत भएको छ ।

लामो समयसम्म खेल संचालन नभएको कारण रंगशालामा रहेको फुटबल मैदानले आफूलाई घाँसे मैदानमा परिणत गरेको छ ।

रंगशालामा रहेको फुटबल मैदान बाहेक मैदानको उत्तर, पूर्व र पश्चिम क्षेत्रमा पनि घाँसले प्याराफिटलाई ओगटेको देख्न सकिन्छ । हाल मैदानमा ४ फिट उचाईसम्मको घाँस पलाएको देख्न सकिन्छ ।

कुनै पनि स्थानमा रंगशाला तथा खेल मैदान निर्माण गर्नु भनेको खेलाडी उत्पादन तथा भएका खेलाडीलाई प्रवद्र्धन गर्नु हो । तर नेपालगन्जको रंगशालामा भने खेलाडीलाई नै प्रतिवन्ध लगाइएको छ ।

जिल्ला खेलकुद विकास समिति बाँकेका अध्यक्ष सन्दीप जंगशाह खेलाडीको लागि बनाएको रंगशालामा खेलाडीलाई नै रोक लगाएको बताउँछन् ।

जिल्ला खेलकुद विकास समिति बाँकेले बिहीबार पत्रकार सम्मेलन गरेर खेलाडीलाई प्रतिवन्धीत गरेको प्रति आपत्ति जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार ०९:३६