सूचनाको शक्ति - The Power Of Information

        

यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ८५ पैसा र बिक्री दर १२७ रुपैयाँ ४५ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १२९ रुपैयाँ २६ पैसा र बिक्री दर १२९ रुपैयाँ ८७ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५४ रुपैयाँ ५१ पैसा र बिक्री दर १५५ रुपैयाँ २४ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ५५ पैसा र बिक्री दर ३४ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार ०९:२९