सूचनाको शक्ति - The Power Of Information

        

आज यी प्रदेशमा हुनेछ भारी वर्षा

फाइल तस्वीर

देशका केही स्थानमा आज पनि भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानमा आज भारी वर्षा हुने सम्भावना रहेको छ । भारी वर्षाको सम्भावना रहेका भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ ।

नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन तथा यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु पर्ने अवस्था रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । प्रदेश १ र सुदूरपश्चिम प्रदेशका एकदूई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको विभागले केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र मधेस प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार ०८:२८