सूचनाको शक्ति - The Power Of Information

        

आजको राशिफल : मकरलाई समस्या, कुम्भलाई उत्साह

२०७९ साउन २० गते, शुक्रवार, ५ अगस्ट २०२२ । श्रावण शुक्लपक्ष अष्टमी तिथि । स्वाती नक्षत्र, १५ः२३ बजेदेखि विशाखा । चन्द्रराशि– तुला ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ । रमाइलो यात्रा, जमघट एवं खानपानको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । व्यापार बढ्नाले आम्दानी पनि बढ्नेछ । कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ । केही चुनौती आइलाग्न सक्छन् । समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ । अवसरवादीहरूले फसाउन सक्छन् । नयाँ योजना कार्यान्वयनमा केही समय लाग्न सक्छ । पहिलेको नतिजा कमजोर हुनाले काम दोहोर्याउनुपर्ला । नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

शुभचिन्तकहरूले साथ दिने हुँदा प्रतिष्ठित काम गर्ने मौका छ । विशेष अध्ययन तथा नयाँ ज्ञानको खोजीमा समय बित्नेछ । गुरुजनको सहयोगले बौद्धिक प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सफल भइनेछ । सानो प्रयत्नले नाम, दाम र इनाम दिलाउनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । आफ्नो प्रतिभाको कदर हुनेछ । व्यापारमा राम्रै उपलब्धि हासिल हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मिहिनेतले नयाँ जिम्मेवारी दिलाउनेछ । सामाजिक उत्तरदायित्व प्राप्त भए पनि आफ्नै काममा समय बित्नेछ । भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । तर कामको चापले जीवनशैली व्यस्त रहनेछ । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य प्राप्त हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

ईर्ष्यालु मन भएकाहरूले सताउलान् । प्रतीक्षित नतिजा कमजोर रहला । दोहोर्याएर प्रयत्न गर्दा काम बन्न सक्छ । आफ्नाले सहयोग नगर्दा काम बिग्रने डरले सताइरहनेछ । मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने स्थिति आउन सक्छ । कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । व्यापार–व्यवसायमा थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

दिन उत्साहपूर्ण रहनेछ । प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ भने विभिन्न भौतिक साधन जुटाउने अवसर मिल्नेछ । मनग्य धन लाभ हुनाले सोख पूरा गर्न सकिनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । रमाइलो यात्रा हुने सम्भावना छ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । मानसम्मान प्राप्त हुनुका साथै सम्मानित कामको यश लिने अवसर छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

रमाइलो समय छ । चिताएको काम बन्नाले नयाँँ काम सुरु हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । मिहिनेतले व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्नेछ । मिहिनेत गर्दा अप्ठ्यारो काम समेत सम्पादन गर्न सकिनेछ । नतिजाले उत्साह जगाउनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

नियमित खर्चले आर्थिक अभाव देखा पर्ला । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । तापनि चुनौतीका बाबजुद स्वाभिमान रक्षा गर्न सकिनेछ । लामो यात्रा गर्ने अवसर जुट्नुका साथै वैदेशिक क्षेत्र लाभदायक रहनेछ । रोकिएका काम बन्नेछन् । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । तत्काल लाभ उठाउँदा पछि हुने फाइदा घट्न सक्छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ । परिश्रमको फल प्राप्त हुने समय छ । दिगो फाइदा हुने काममा लगानी गर्ने मौका छ । व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । पहिलेको सफलताले हौसला जगाउनेछ । मिहिनेतले नाम, दाम र इनाम समेत दिलाउन सक्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

विगतका कमजोरी बाहिर आउनाले समस्या पर्न सक्छ । अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन् । पदासीन व्यक्तिहरूसँग संघर्षपछि भने लाभ उठाउन सकिनेछ । स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला । कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्ने समय छ । दिगो फाइदा हुने काम सुरु गर्ने अवसर प्राप्त हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

मिहिनेत परे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन् । टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ । सामाजिक काममा रुचि बढ्नेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । अभाव हट्नुका साथै नाम, दाम र इनाम प्राप्त हुनेछ । धार्मिक मनोवृत्ति बढ्नेछ र सेवामूलक काम गरिनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

गरेका कामबाट तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ । सानातिना काममै अल्झनुपर्दा लक्ष्य प्राप्त नहुन सक्छ । हिसाबकिताबमा होसियार रहनुहोला । हडबडको त्रुटिले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । स्वास्थ्य कमजोर हुनाले आँटेको काममा बाधा पुग्नेछ । अध्ययनमा त्यति समय दिन नसकिएला । प्रयत्न गर्दा पछि फाइदा हुने काम सम्पादन हुन सक्छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार ०८:२१