सूचनाको शक्ति - The Power Of Information

        

वायुसेवा निगमका कार्यकारी अध्यक्ष बर्खास्त

मन्त्रिपरिषदको आज बसेको बैठकले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको छ ।

कार्यकारी अधिकारीले पदीय जिम्मेवारी पूरा गर्न नसकेको, नेतृत्व क्षमता, व्यवस्थापकीय सीप र पद अनुकूलको आचरण प्रदर्शन गर्न नसकेको, गोपनीयता भंग गरेको र निगमलाई वित्तिय हानीनोक्सानी पुर्याएकाले नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा ४ को उपदफा ३ र ४ बमोजिम अधिकारीलाई पदबाट हटाइएको हो ।

अधिकारीमाथि भ्रष्टाचारको आरोपमा पर्यटन सचिव महेश्वर न्यौपानेको संयोजत्वमा छानविन समिति गठन भएको थियो । उक्त समितिले मन्त्रिपरिषदलाई प्रतिवेदन बुझाएको छ । अख्तियार दुरुपयोग आयोगले पनि अधिकारीमाथि अनुसन्धान जारी राखेको निगम स्रोतले बताएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार १६:१९