सरकारले आगामी मंसिर ४ गतेका लागि निर्वाचन मिति घोषणा गरेसँगै नयाँ मतदाता नामावली संकलन प्रक्रिया रोकिएको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले चुनावको मिति घोषणा भएसँगै नयाँ मतदाता नामावली संकलन रोकिएको बताए ।
‘हामीलाई औपचारिक पत्र आइसकेको छैन, सञ्चारमाध्यमबाट थाहा पाएका हौँ, चुनावी मिति घोषणा भएपछि नयाँ मतदाता नामावली दर्ता रोकिन्छ,’ शर्माले भने ।
उनले भोलिबाट सबै निर्वाचन कार्यालयमा रोक्न पत्राचार गरिने जानकारी दिए । सरकारले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन एकै चरणमा गर्ने गरी आजै मिति तय गरेको छ ।
सत्यपाटी । काठमाडौं ।