सूचनाको शक्ति - The Power Of Information

        

खजुराका करार कर्मचारीलाई नहटाउन अन्तरिम आदेश

खजुरा गाउँपालिकाका करार कर्मचारीलाई नहटाउन अदालतले अन्तरिम आदेश दिएको छ ।

यसअघि खजुरा गाउँपालिकाले करारमा रहेका ६० जना कर्मचारीको म्याद नथप्ने निर्णय गरेको थियो ।

तत्कालीन जिल्ला विकास समिति, गाउँ विकास समितिबाट आएका समेत कर्मचारीलाई हटाउने निर्णय भएपछि करार कर्मचारी अदालतको पुगेका थिए ।

गाउँपालिकाका आठजना कर्मचारीले दायर गरेको रिटमा बुधबार सुनुवाई गर्दै न्यायाधीशद्वय केशवराज जोशी र टंक गुरुङको इजलासले करार कर्मचारीलाई पूर्ववत काममा लगाउन आदेश दिएको हो ।

करार कर्मचारीका तर्फबाट वरिष्ठ अधिवक्ता भोलासिंह हमाल, अधिवक्ता ध्रव बस्याल र विकास आचार्य तथा गाउँपालिकाको तर्फबाट कानूनी सल्लाहकार तीर्थ ज्ञवालीले बहस गरेका हुन् ।

दुवै पक्षको कुरा सुनेपछि न्यायाधीशद्वयले करार कर्मचारीलाई साविकको काममा लगाउन, काम नरोक्नु भन्ने आदेश गरेको हो ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार ०८:३६