सूचनाको शक्ति - The Power Of Information

        

आज बस्दै गठबन्धन बैठक

संसदीय निर्वाचनको मितिमा सहमति जुटाउँदै सत्ता गठबन्धन

प्रधानमन्त्री शेरबहादुर देउवाले हिजोको बैठकमा मंसिर ४ मा निर्वाचन मिति प्रस्ताव गरेका छन् ।

सत्ता गठबन्धनका दलहरूको बैठक आज बिहान बस्ने भएको छ । संसदीय निर्वाचनको मितिमा सहमति जुटाउन बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले हिजोको बैठकमा मंसिर ४ मा निर्वाचन मिति प्रस्ताव गरेका छन् । गठबन्धनका अन्य दलहरूले भने पार्टीमा आन्तरिक छलफलका लागि समय मागेका छन् ।

त्यसैले, कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले आजका लागि बैठक डाकेका हुन् । ‘मंसिर ४ कै लागि भनेर निर्वाचन मिति प्रधानमन्त्रीले प्रस्ताव गर्नुभएको छ,’ गठबन्धनका एक नेताले भने, ‘अन्य दलका नेताहरूले आआफ्ना दलमा छलफल गरेर आउनुहुनेछ ।’

ती नेताका अनुसार प्रधानमन्त्री निर्वाचन मिति तोक्ने विषयमा तयार भएर बसे पनि एकपटक गठबन्धन दलको अनुमति लिएरै अघि बढ्ने प्रयासमा रहेको बताए ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार ०७:५९