सूचनाको शक्ति - The Power Of Information

        

मंसिर चार गते निर्वाचन गर्न सत्तारुढ गठबन्धन सहमत

संघीय तथा प्रदेशसभा निर्वाचन मंसिर ४ गते गर्ने सत्ता गठबन्धनमा सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा मंसिर ४ गते निर्वाचन गर्ने सहमति जुटेको हो ।

स्रोतका अनुसार अब भोलि बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्नेछ । निर्वाचन आयोगले आगामी चार मंसिरमा एकै चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गरिसकेको छ ।

तर, सरकारले अहिलेसम्म चुनावको मिति तोक्न सकेको छैन । बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू उपस्थित भएका थिए ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार १८:३७