सूचनाको शक्ति - The Power Of Information

        

निरन्तरको वर्षाका कारण मुख्य तीन वटा राजमार्ग बन्द

निरन्तरको वर्षाका कारण मुख्य तीन वटा राजमार्ग बन्द रहेका छन् ।

सडक विभागको विवरण अनुसार नारायणगढ–मुग्लिङ, तानसेन–रिडी–कोरला र रारा राजमार्गको खलंगा–जुम्लाखण्ड पूर्ण रुपमा बन्द छ ।

विभागको विवरणमा समावेश देशभरका ९९ सडकमध्ये १३ वटा एकतर्फी सञ्चालनमा छन् । अरु ८३ वटा नियमित सञ्चालनमा रहेका छन् ।

एकतर्फी सञ्चालन रहेका सडकका विभिन्न ठाउँमा पहिरो गएको छ । खण्डखण्डमा सडक एकतर्फी रहेको सडक विभागले जनाएको छ ।

मुख्य गरी कोशी राजमार्गको संखुवासभा खण्ड, पृथ्वी राजमार्गको तनहुँ, त्रिभुवन राजपथको मकवानपुर छत्तिस खोलाखण्ड, डुम्रे–बेशीसहर–चामेको लमजुङ तथा मनाङ खण्ड, अरनिको राजमार्गको सिन्धुपाल्चोक कोदारी खण्ड, पष्पलाल मध्यपहाडी राजमार्गको बाग्लुङ्ग खहरे दोबिल्ला खण्ड, कर्णाली राजमार्गको कालिकोट जारकोटखण्ड एकतर्फी रहेको सडक विभागले जनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार ०८:५२