सूचनाको शक्ति - The Power Of Information

        

शेयर बजार सामान्य बढ्यो, ४ अर्ब ६७ करोड रुपैयाँको कारोबार

हिजो साढे ५४ अङ्कले घटेको शेयर बजार आज भने सामान्य मात्रै बढेको छ । शेयर बजार परिसूचक नेप्से आज एक दशमलव १५ अङ्कले बढेर दुई हजार एक सय ९६ दशमलव २५ विन्दुमा पुगेको छ ।

आज बैंकिङ, व्यापार, जलविद्युत्, उत्पादन र लगानी समूहको शेयर बढेको छ । दुई सय १७ वटा कम्पनीका एक करोड पाँच लाख १८ हजार कित्ता शेयर चार अर्ब ६७ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको ३८ करोड ३१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज बुटवल पावर कम्पनी, गुडविल फाइनान्स र सिटिजन म्युचल फन्डको शेयर ६ प्रतिशतभन्दा धेरैले बढेको छ । स्वाभिमान लघुवित्तको शेयर भने पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार १८:००