सूचनाको शक्ति - The Power Of Information

        

लागुऔषध मुद्दाका फरार अभियुक्त पक्राउ

बाँके प्रहरीले लागुऔषध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–९ घर भइ हाल खजुरा गाउँपालिका–४ एफ गाउँ बस्ने ३५ वर्षीय मोहन गिरी रहेका छन् ।

जिल्ला अदालत बाँकेले गिरीलाई लागु औषध मुद्दामा गएको चैत ९ गते दोषी ठहर गर्दै २ महिना ९ दिन सजाय सुनाएको थियो । त्यसपछि गिरी फरार थिए । गिरीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई थप कारवाहीका लागि आज जिल्ला अदालतमा बुझाइएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार १७:५७