सूचनाको शक्ति - The Power Of Information

        

धार्मिकस्थलमा रहेका निर्वाचनस्थल हटाइँदै

बाँकेका धार्मिक मठमन्दिरमा कायम गरिएका निर्वाचनस्थल हटाइने भएको छ । आगामी निर्वाचनमा धार्मिक मठमन्दिरमा निर्वाचनस्थल नहुने भएको छ ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीका अनुसार, मठमन्दिरमा रहेको निर्वाचनस्थललाई सार्ने तयारी भएको छ ।

मठन्दिरबाट निर्वाचन स्थल हटाउने सम्बन्धमा सुरक्षा प्रमुखहरु, निर्वाचन अधिकृत, राजनीतिक दलसम्बद्धसँग छलफल भइसकेको छ ।

बाँकेका आठ वटा पालिकामा कति वटा मठमन्दिरमा निर्वाचनस्थल छन् भन्ने तथ्यांक निकाल्ने काम भइरहेको छ । मठमन्दिरमा रहेको निर्वाचनस्थललाई नजिकको पायक पर्ने ठाउँमा सार्ने रणनीति बनाइएको छ ।

बाँकेमा १३६ वटा निर्वाचनस्थल छन् । त्यसमा ३७९ वटा केन्द्र छन् । आगामी संघ र प्रदेशको चुनावमा यी निर्वाचनस्थल र केन्द्र थपघट हुने भएको छ ।

जिल्लाको १०६ वटा निर्वाचन केन्द्रलाई सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिएको छ । संवेदनशीलमा राखिएका निर्वाचन केन्द्र प्रायः दक्षिणी भेगका रहेका छन् । जो भारतीय सीमा नजिक पर्दछन् ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार १२:४०