सूचनाको शक्ति - The Power Of Information

        

कंगोमा गोली प्रहार हुँदा ठूलाे मानवीय क्षति

 प्रजातान्त्रिक गणतन्त्र कंगोमा संयुक्त राष्ट्रसंघीय शान्ति सैनिकले प्रदर्शनकारीमाथि गोली प्रहार गरेकाे छ ।

साेही गोली प्रहारका कारण कंगोमा ठूलो मानवीय क्षति समेत भएको हाे । घटनामा थुप्रै घाइते भएको बताएपनि यकिन बिवरण भने आएको छैन् ।

कंगो र युगाण्डाको पूर्वीसीमामा भएको घटनाको सामाजिक सञ्जालमा सार्वजनिक भएको दृश्यमा एक प्रहरी सादा पोशाकमा र अर्को सेनाको पोशाकमा अघि बढी अन्धाधुन्ध गोली प्रहार गरेकाे देखिएको छ ।

कंगोमा संयुक्त राष्ट्र संघ विरोधी प्रदर्शन फैलिदै जाँदा हालसम्म १५ जनाको मृत्यु भइसकेको छ । साेही घटनामा मोनुस्को फोर्सको असन्तुष्ट प्रहरीहरू संलग्न भएको आशंका गरिएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले घटनाप्रति निन्दा र आक्रोश ब्यक्त गर्दै कानूनी कारबाही थाल्ने बताउनुभएको छ ।

कंगोका लागि संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि बिन्टो केइटाले घटनाकाे विषयमा अनुसन्धान भइरहेको भन्दै चाँडै सत्य तथ्य बाहिर आउने जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार ०९:०३