सूचनाको शक्ति - The Power Of Information

        

विपी स्मृती दिवसका अवसरमा महिला संघ बाँकेद्वारा प्रशिक्षण

विपी स्मृती दिवसका अवसरमा नेपाल महिला संघ बाँकेले एक दिने प्रशिक्षण कार्यक्रम गरेको छ ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीको प्रमुख आथित्यतामा आइतबार उक्त प्रशिक्षण आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा महिला संघका सदस्यहरुलाई अधिवक्ता लोकबहादुर शाहले कानुनका विभिन्न विषयबारे प्रशिक्षण दिएका थिए ।

सो क्रममा कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, निर्वतमान जिल्ला सभापति किरण कोइराला, पार्टीका लुम्बिनी प्रदेशका कार्यसमिति पदाधिकारी, जिल्ला कार्यसमिति पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

प्रशिक्षण कार्यक्रम महिला संघ बाँकेका सभापति नारायणी रुपाखेतीको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतवार १८:५१