सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

२५ दिनपछि ‘जनार्दन’ फेरि अर्थमन्त्री

१७ दिन लामो छानबिनपछि संसदीय छानबिन विशेष समितिबाट सफाइ पाएका जनार्दनले आइतबार पुनः अर्थको जिम्मेवारी सम्हाल्दैछन् ।

२५ दिनपछि जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई आइतबार अर्थमन्त्री नियुक्त गरेको सितल निवासले जनाएको छ ।

संसदीय छानबिन विशेष समितिबाट सफाइ पाएका जनार्दनले आजबाट पुनः अर्थको जिम्मेवारी समाल्न लागेका हुन् । २९ असार २०७८ मा अर्थमन्त्री बनेका शर्मामाथि १४ जेठ २०७९ मा बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई मन्त्रालय लगेर करका दर हेरफेर गरेको आरोप लागेको थियो ।

त्यसबारे छानबिन गर्न समिति बनेकै दिन २२ असारमा शर्माले पदबाट राजीनामा दिएका थिए । तर, छानबिन समितिले शर्मालाई लागेको आरोपबाट सफाइ दिएको थियो ।

१७ दिन लामो छानबिनपछि संसदीय छानबिन विशेष समितिबाट सफाइ पाएका जनार्दनले आइतबार पुनः अर्थको जिम्मेवारी सम्हाल्दैछन् । पुनर्नियुक्तिपछि आइतबार साँझ राष्ट्रपतिको कार्यालय शीतल निवासमा उनको शपथ कार्यक्रम राखिएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतवार १६:३८