नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले भोली सोमबारदेखि आन्दोलन गर्ने भएका छन् ।
देशभरका पेट्रोलियम ढुवानी व्यवसायी भाडा समायोजन नगरेको भन्दै आन्दोलित भएका हुन् । उनीहरुले भाडा समायोजनका लागि आजसम्मको समयसीमा दिएका थिए ।
यही साउन ६ गते बसेको महासंघको बैठकले १५ गतेसम्म ढुवानी भाडा वृद्धि गर्न माग गरेको थियो । तर आजसम्म माग पूरा नभएपछि भोलिदेखि हवाइ इन्धन ढुवानी गर्ने ट्यांकरले देशभर पीडीओ नलिने र लोड नगर्ने भएका छन् ।
त्यस्तै साउन २० गतेबाट देशभरका सम्पूर्ण पेट्रोलियम ढुवानी ट्यांकरले पीडीओ नलिने र लोड नगर्ने भएका छन् भने साउन २१ गतेबाट सबै ट्यांकर लोड र अनलोड नगर्ने महासंघले निर्णय गरेको छ ।
सत्यपाटी । काठमाडौं ।