सूचनाको शक्ति - The Power Of Information

        

इराकको संसदमा पुन: आक्रमण

इराकका प्रभावशाली सिया नेता मोक्तादा अल सद्रको समर्थकहरुले संसद भवन कब्जामा लिएका छन् ।

इराकमा प्रधानमन्त्रीको राजीनामा माग्दै भ्रष्टाचारमुक्त सरकार गठनको लागि भन्दै प्रदर्शनकारीहरुले संसद भवनमा धावा बोलेको यो एक सातामा दोस्रो पटक हो ।

यसअघि गत बुधबार पनि प्रदर्शनकारीहरुले संसद भवनमा आक्रामण गरेका थिए । त्यतिबेला संसदमा नयाँ प्रधानमन्त्री चयनको लागि मनोनयन प्रक्रिया चलिरहेको थियो ।

प्रधानमन्त्री बन्ने दौडमा रहेका मोहोमद सिया अल सुदानीको मनोनयनमाथि प्रदर्शनकारीहरुको आपत्ति रहेको छ । यसपटक संसद भवनमाथि कजा जमाइरहेका प्रदर्शनकारीहरुले प्रधानमन्त्री मुस्तफा अल काधिमीको राजीनामा नआएसम्म पछि नहट्ने अडान लिएका छन् ।

संसद भवन कब्जामा लिनेक्रममा सुरक्षाकर्मीसँग झडप हुँदा १ सय २५ जना घाइते भएका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतवार ०८:०६