सूचनाको शक्ति - The Power Of Information

        

प्युठानमा जीप दुर्घटना, एकको मृत्यु, १५ घाइते

प्युठानको स्वर्गद्वारी दर्शन गरेर फर्कंदै गरेको जीप स्वर्गद्वारी नगरपालिका–४ स्थित भ्यागुते भन्ने स्थानमा दुर्घटना भएको छ ।

शनिबार लु ३ च ३५३ नम्बरको बोलेरो जिप दुर्घटनामा हुँदा घटनास्थलमै एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

दुर्घटनामा परी मायादेवी गाउँपालिका–३ कि ३२ वर्षीय गुडिया ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी १५ जना घाइते भएका छन् ।

घाइते सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चालक सकुशल छन् । घाइतेहरुलाई थप उपचारका लागि बुटवल ल्याइएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार १४:५७