बाँकेमा शुक्रवार थप चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा १२ जनाको पीसीआर परीक्षण गर्दा ३ र बागेश्वरी ल्याबमा १ गरी ४ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै जिल्लामा कूल कोरोना संक्रमितको संख्या २१ हजार १६२ पुगेको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए । जसमध्ये २० हजार ७७० जना निको भइसकेका छन् ।
शुक्रवारसम्म बाँकेमा सक्रिय संक्रमितको संख्या ३९ रहेको फोकलपर्सन वलीले जानकारी दिनुभयो । संक्रमित सबै जनाले होमआइसोलेसनामा स्वास्थ्य लाभ गरिरहेका छन् ।
सत्यपाटी । बाँके ।