सूचनाको शक्ति - The Power Of Information

        

बाघ दोब्बरले बृद्धि गर्ने नेपालको संकल्प पूरा

नेपालमा बाघको संख्या ३ सय ५५ पुग्यो, बाँकेमा भने २५

चितवनमा राष्ट्रिय निकुञ्जमा १२८ वटा

फाइल तस्वीर

नेपालमा बाघको संख्या ३ सय ५५ पुगेको छ ।

गत मंसिर १९ गते सुरू भएर फागुन २८ गते बाघ गणना सम्पन्न भएको थियो । बाघको संख्या ३ सय ५५ पुगेसँगै नेपालले सन् २०२२ सम्ममा संख्या दोब्बर बनाउन गरेको संकल्प पनि पूरा भएको छ ।

बाँके र बर्दियामा पनि बाघको संख्या बढेको छ । बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या २५ पुगेको छ भने बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ पुगेको छ ।

यस्तै चितवनमा राष्ट्रिय निकुञ्जमा १२८ वटा बाघ रहेका छन् । त्यसैगरी पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ पाइएका छन् । सन् २०१८ को गणनामा चितवनमा ९३, बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटामा १६ वटा बाघ पाइएको थियो ।

नेपालमा बाघको संख्या बढेसँगै यिनको व्यवस्थापन, मानव वन्यजन्तु द्वन्द न्यूनीकरण, बासस्थान सुधार लगायत अन्य विविध विषय चुनौती बनेका छन् ।

मध्यवर्ती क्षेत्रका मानिसहरु घाँस दाउरा, निहुरो टिप्न र गाईभैंसी चराउन जाने क्रममा सामुदायिक वनभित्रै बाघको आक्रमणमा पर्ने गरेका छन् ।

उनीहरुलाई जंगल जाने वातावरणा नबनाउनका लागि सरकारले वैकल्पिक उपायको व्यवस्था मिलाउने किसिमका कार्यक्रमहरू पनि आवश्यकता देखिएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार १८:३९