सूचनाको शक्ति - The Power Of Information

        

तस्करीको सेटिङ

घुमुुवा प्रहरीको धन्दा, ‘दरबन्दी जुम्ला, असुली रुपन्देहीमा’

कतिपय घुुमुुवाहरु जिल्लामा आउने हाकिमलाई सुुरुमै आर्थिक प्रलोभनमा पारी आफूहरुविरुद्ध बोल्न नसक्ने गराउँछन् ।

अपराध तथा चोरी तस्करीको पूर्वसूचना लिएर नियन्त्रण गर्न सहयोग पुुगोस् भन्ने हेतुुले नेपाल प्रहरीमा सादा पोशाकमा प्रहरी खटाउने प्रचलन छ । तर, त्यसरी खटिने प्रहरीले सूचना लिनुुको सट्टा उल्टै तस्करसँग मिलेर सेटिङ गर्ने र तस्करी गराउने गरेर पटक–पटक विवादमा तानिदै आएका छन् ।

यसरी विवादमा तानिँदै आए पनि प्रहरीले उक्त घुमुुवा हटाउन सकेको छैन । किनभने त्यस्ता कतिपय घुुमुुवाहरु जिल्लामा आउने हाकिमलाई सुुरुमै आर्थिक प्रलोभनमा पारी आफूहरुविरुद्ध बोल्न नसक्ने गराउँछन् । कमाउने उद्देश्यले आएका हाकिमलाई यस्ता घुुमुुवा पाएपछि हाइसन्चो नै हुने भयो । त्यस्तै एक जना घुुमुुवा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पनि छन् ।

बढुवासँगै सरुवा भएका प्रहरी सहायक निरीक्षक विजय शाहीको दरबन्दी जुम्लामा छ । तर, उनी जिल्ला प्रहरी कार्यालय रुपन्देहीका घुुमुुवा इन्चार्ज हुन् । सामान्य प्रहरीको सरुवा हुुनासाथ तुुरुन्तै रमना गरेर दरबन्दी भएको स्थानमा पठाइन्छ । भनसुन गर्न सक्नेहरु घुमुवाहरु काज मिलाएर साविककै ठाउँमा बस्छन् ।

तर उच्च तहको आड भरोसा पाएकाहरुको न त सरुवा भएको स्थानमा जानुपर्छ न त काजनै मिलाउनुपर्छ । त्यहीमध्ये एक यिनै विजय शाही पनि हुुन् । जो चार महिनादेखि काजसमेत नबनाइ रुपन्देहीमै बसेर तस्करीको सेटिङ मिलाउँदै आएका छन् । आफ्नो कर्तुतबारे संगठनभित्र आवाज उठाए उल्टै उसैविरुद्ध समाचार लेखाउने काममा पनि यिनी अगाडि छन् ।

अहिले उनको मुख्य काम भनेको आफ्नो सिकायत गर्ने प्रहरी अधिकारीविरुद्ध विभिन्न सञ्चारमाध्यममा समाचार लेखाउने र सेटिङ मिलाएर तस्करी गराउने हो । खुलेआम तस्करीले रुपन्देही प्रहरी विवादमा तानिदै गएको छ । भन्सारले भ्रष्ट प्रहरीका कारण तस्करी नियन्त्रण हुन नसकेको र लक्ष्यअनुसार राजश्व संकलनसमेत हुुन नसकेको गुनासो गर्दै आएको छ ।

प्रहरीको असहयोगका कारण अहिले भन्सार आफैँले रातिमा गस्ती बढाएको छ । एक हप्तामा मात्रै करिब ५० लाखभन्दा बढीको कपडामात्र बरामद गरेको छ । तर, सबैतिरबाट गुनासो बढ्दै जाँदासमेत प्रहरीले दरबन्दी हुम्ला भएका सइको कमाण्डमा असुुली गर्न छाडेको छैन । तस्करी बढ्दै जाँदा आगामी निर्वाचनमा गृमन्त्रीलाई समेत असर पर्ने भन्दै कांग्रेस कार्यकर्ताहरुले जिल्लामा चिन्तासमेत गर्न थालेका छन् ।

 

दृष्टिन्यूज

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार १३:४०