सूचनाको शक्ति - The Power Of Information

        

दिनमा कति चिया पिउने ?

धेरैको घरमा एकै तरिकाले चिया बनाइन्छ । पानी, दुध, चीनी, चियापत्ती हालेर उमालिन्छ । केही मसला हाल्नुछ भने उम्लिएको केही समयपछि हालिन्छ र एकछिन पुनः उमालिन्छ । तर यो विधीलाई गलत मानिन्छ । त्यसो भए चिया बनाउने सही तरिका के हो ।

दिनमा कति कप चिया पिउने वा खाली पेटमा चिया पिउनुहुन्छ, हुँदैन भन्नेबारे यहाँ जानकारी दिइएको छ । चिया बनाउने सही तरिकाः एउटा भाँडोमा पानी लिनुहोस् । त्यसलाई उमाल्नुहोस् । पानीलाई आधा मिनेटभन्दा बढी नउमाल्नुहोस् ।

त्यसपछि एउटा सुख्खा भाँडामा चियापत्ती हाल्नुहोस् र त्यसमाथि तातो पानी खन्याउनुहोस् । ५–६ मिनेटका लागि भाँडो छोप्नुहोस्, त्यसपछि कपमा छानेर हाल्नुहोस् । अब स्वाद अनुसार दुध र चिनी हाल्नुहोस् । एक कप चिया बनाउनका लागि आधा चम्चा चियापत्ती ठिक्क हुन्छ ।

चियापत्ती, दुध र चीनीलाई सँगै हालेर उमाल्नु चिया बनाउने सही तरिका होइन । यसो गर्दा चियाको सबै फाइदा नष्ट हुन्छ । यसरी चिया बनाउँदा चीया वा कफी स्ट्रङ्ग हुन्छ र यो थप कडा हुन्छ । त्यसकारण यस्तो चिया पिउनुको कुनै फाइदा छैन ।

कहिले पिउने चिया ?

हुन त चिया जहिले पनि पिउन सक्नुहुन्छ तर बेड टी अर्थात्, उठ्ने बित्तिकै चिया पिउनबाट बच्नुहोस् । वास्तवमा, राती सुत्दा र आराम गर्दा आन्द्रा फ्रेश हुन्छ त्यसकारण बिहान उठ्ने बित्तिकै चिया पिउनु सही हुँदैन । अबेर राती चिया पिउँदा निन्द्रा नलाग्ने समस्या पनि हुनसक्छ ।

चियासँग के खाने ?

जसलाई एसिडिटीको समस्या छ उनीहरुले कहिले पनि चियामात्रै खानुहुँदैन । उनीहरुले चियासँग थोरै बिस्कुट वा पाउरोटी खानुपर्छ । यस्तै, ग्रीन टी हर्बल ड्रिंक हो, त्यसकारण यसलाई खाली पेट खाँदा राम्रो हुन्छ । योसँग केही नखाँदा यो लाभकारी हुन्छ ।

एक दिनमा कति चिया पिउने ?

मानिसहरु दिनमा ५–१० कपसम्म चिया पिउने गर्छन् तर जे कुरा पनि अत्यधिक भयो भने यसले फाइदाको साटो हानी गर्ने गर्छ । दुध वा चीनीबिनाको हर्बल चिया हो भने जतिपटक पनि पिउँदा भयो ।

तर दुध चिया दिनमा तीन कपभन्दा बढी पिउनुहुँदैन । तात्तातो चिया पिउनु कति सही ? चिसो वा पानी पर्दा मानिसहरु तात्तातो चियाको माग गर्छन् । कहिलेकाँही तात्तातो चिया पिउँदा मुखसमेत पोल्छ, जबकी चियालाई कपमा राखेको दुई–तीन मिनेटपछि मात्र पिउनुपर्छ ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार ०८:५३