सूचनाको शक्ति - The Power Of Information

        

‘झिँगेदाउ’को दोस्रो लिरिकल गीत ‘ईश्वरसँग पनि’ सार्वजनिक (भिडियो)

झिँगेदाउ’को दोस्रो लिरिकल गीत ‘ईश्वरसँग पनि’ सार्वजनिक गरिएको छ । गीतमा कमल खत्री र अस्मिता अधिकारीको स्वर छ । अर्जुन पोखरेलको संगीत तथा प्रमोद ढुंगानाको शब्द रचना रहेको छ ।

भिडियोमा अभिनेत्री केकी अधिकारी, आँचल शर्मा, अभिनेता मुकुन भुषाल, कुशल बिष्ट र हिँउवाला गौतमलाई देख्न सकिन्छ । फिल्मको यसअघि सार्वजनिक गीत ‘आगो बिना बिँडी जल्दैन’ले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको थियो l

कपनगडी फिल्म र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको फिल्ममा भिमनिधि तिवारीको कथा ‘झिङ्गे दाउ‘मा आधारित रहेको छ l फिल्मको निर्देशक ग्यानेन्द्र देउजा हुन् ।

प्रदीप भारद्वाजको पटकथा सम्वाद रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत, बिष्णु घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन छ ।

फिल्ममा सुलभ, समिक्षा र सुशिल निर्माताको रुपमा रहेका छन् । फिल्ममा पहिलो पटक अभिनेत्री केकी र आँचल जेठानी देउरानीको भुमिकामा देखिएका छन् । आगामी भदौ १७ गतेबाट प्रदर्शनमा आउने छ l

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार ०७:३८