विश्व बाघ संरक्षण दिवसको अवसरमा नेपालगञ्जमा अन्तरक्रिया तथा सचेतना कार्यक्रम गरिएको छ । डिभिजन वन कार्यालय र बाँके राष्ट्रिय निकुञ्जको सहकार्यमा अन्तरक्रिया तथा सचेतता कार्यक्रम गरिएको हो ।
सन २०२२ मा नेपालमा बाघको संख्या दोब्बर पु¥याउने लक्ष्य लिइएको छ । सोही अनुसार नेपाल सरकारले पाटे बाघ संरक्षणमा ठूलो लगानी लगाएको छ । शुक्रबार नेपालमा बाघको संख्या दोब्बर पुगेको घोषणा गरिँदै छ ।
२०१८ सालको गणना अनुसार बाँके राष्ट्रिय निकुञ्जमा २१ र बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ बाघ थिए । अहिले यो संख्या बढेको बाँके राष्ट्रिय निकुञ्जका उत्तमकुमार चौधरीले जानकारी दिए । उनले बाघ संरक्षणसँगै मानिस तथा वन्यजन्तुमा भइरहेको क्षतीबारे पनि निकुञ्जले विभिन्न कार्यक्रम गर्दै आएको बताए ।
यस्तै डिभिजन वन कार्यालयका नवराज शाहीले वन्यजन्तु र मानवबीचको बढ्दो द्वन्द्व न्यूनिकरण गर्न जरुरी देखिएको बताए ।
सत्यपाटी । बाँके ।