सूचनाको शक्ति - The Power Of Information

        

खेम भण्डारीले भने, ‘रवि लामिछानेसँग चुनाव लड्छु’

पत्रकार खेम भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछाने निर्वाचन लड्ने क्षेत्रबाटै उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भण्डारीले अगामी संघीय चुनावमा लामिछाने निर्वाचन लडेको क्षेत्रमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘अन्ततः रवि लामिछानेविरुद्ध संघीय चुनाव लड्ने निर्णयमा पुगियो । नेपालको जुन निर्वाचन क्षेत्रमा रवि लडे पनि मेरो उम्मेदवारी रहन्छ ।’

पत्रकार भण्डारीले निर्मला हत्या प्रकरणमा लामिछानेले गलत भूमिका खेलेको आरोप लगाउँदै यही आफ्नो चुनावी एजेन्डा हुनेसमेत फेसबुकमा उल्लेख गरेका छन् ।

‘निर्मला प्रकरण, खेम भण्डारीले ९ जना निर्दोश बचायो ! रवि लामिछानेले ८ जना निलम्बित पुलिस बचायो !’ पत्रकार भण्डारीले फेसबुकमा स्टाटस लेख्दै भनेका छन् ।

 

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार १३:१२