सूचनाको शक्ति - The Power Of Information

        

सर्पले टोकेर सल्यानमा किशोरको मृत्यु

सर्पको टोकाइबाट सल्यानमा एक जना १३ वर्षीय किशोरको मृत्यु भएको छ ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–९ भंगेरी घर भई शारदा नगरपालिका–६ बरला बस्दै आएका १३ वर्षीय किशोर अर्जुन बस्नेतको सर्पको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ । बस्नेतलाई बुधबार राति १० बजे सर्पले टोकेको थियो ।

आफ्नै घरको तल्लो तलामा आमाबुबा र दिदिसङ्गै सुतिरहेको अवस्थामा सर्पले टोकेपछि घरेलु उपचार गरी बिहान ५ बजेको समय जिल्ला अस्पताल खलंगामा ल्याइ उपचार गर्दै गर्दा करिब ५ः३० बजेतिर मृत्यु भएको जिल्ला अस्पताल खलंगामा कार्यरत हवल्दार लक्षीराम बिकले बताए ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार १२:४४