२०७९ साउन १२ गते, बिहीवार, २८ जुलाई २०२२ । श्रावण कृष्णपक्ष औंसी तिथि । पुनर्वशु नक्षत्र, प्रातः ७ः१८ बजेदेखि तिष्य । चन्द्रराशि– कर्कट ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
बेसुरमा वचन दिँदा अप्ठ्यारोमा परिएला । हडबड गर्नाले काम बिग्रन सक्छ । साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइएला । असंयम व्यवहारले समस्या निम्त्याउन सक्छ । परिस्थिति अलि प्रतिकूल रहला । पहिलेको निर्णय पुनर्विचार गर्नुपर्ने स्थिति आउन सक्छ । महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला । पशुधनबाट सामान्य लाभ उठाउन सकिनेछ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अवसर प्राप्त भए पनि परिस्थिति त्यति सहज नरहला । प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला । बलभन्दा बुद्धिको उपयोगले लाभ दिलाउनेछ । सहयोगीहरू पछि हट्नाले नयाँ योजना प्रारम्भ गर्न समस्या पर्नेछ । व्याहारिक अलमलले पनि आँटेका काममा बाधा पुर्याउन सक्छ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ । बोली–व्यवहारमा अलि सजग रहनुपर्ला । हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ । नियमित काममा भने सामान्य फाइदा भइरहनेछ । अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ । विवादास्पद जिम्मेवारी आउला । सावधानीले मात्र कार्यसिद्धि हुनेछ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सुन्दर पहिरनमा मन रमाउनेछ । आगन्तुकहरूकोे उपहारले प्रसन्नता मिल्नेछ । कामले जीवनशैली व्यस्त रहनेछ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ । मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ । पहिलेको सफलताले उत्साह जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने मनग्य धन आर्जन हुनेछ । सानो प्रयासले नै काम बन्नेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
खर्च लागे पनि बेलामा होस नपुर्याउँदा समस्या आउन सक्छ । फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ । साथीभाइसँग पनि असमझदारी बढ्न सक्छ । सानो कामलाई अत्यधिक खर्च हुनेछ । बेसुरको निर्णयले पछिलाई समस्या पर्न सक्छ । छर–छिमेकमा असमझदारी बढ्नेछ । आफन्त पनि टाढा हुनेछन् । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आम्दानी मनग्य भए पनि आकस्मिक खर्चले धन संग्रहमा बाधा पुग्नेछ । आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । काम गर्ने क्रममा बाधा आउन सक्छ । तापनि दोहोर्याएर प्रयत्न गर्दा आंशिक फाइदा हुनेछ । विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । तर समयमा सजग नहुँदा आफ्नो लाभांशबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
उपलब्धि प्राप्त गर्न केही कुरा त्याग्नुपर्ला । काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ने देखिन्छ । मिहिनेतले आंशिक सफलता प्राप्त हुनेछ । फाइदा कमै भए पनि कामले ज्ञान दिलाउनेछ । अरूको उपकार गर्न सकिनेछ । तर धेरै समर्पणले पनि स्वाभिमानमा दाग लाग्न सक्छ । आफ्नो कमजोरी बाहिरिनाले आलोचक बढ्न सक्छन् । लगनशीलताले मात्र लक्ष्यमा पुग्न सकिनेछ ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ । कम महत्त्वका काममा अल्झनुपर्दा योजना समयमा सम्पादन नहुन सक्छ । स्वास्थ्यमा कमजोरी देखिनाले चिताएको काम रोकिएला । आशा देखाउनेहरूको भरपर्दा धोका पाइनेछ । चुनौतीपूर्ण कामको दायित्वले कठोर निर्णय गराउला । गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ । सफलता भने न्यून मात्र हातलागी हुनेछ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिनाले काम बिग्रन सक्छ । बेसुरमा काम गर्ने बानीले पनि समस्या निम्त्याउनेछ । समयमा गम्भीर नबन्दा व्यर्थैमा दुःख पाइनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । मन मिल्ने साथीसँग भेट हुनेछ । कामको चापबाट फुर्सद पाइनेछ । व्यवसायका माध्यमले रमाइलो यात्रा गर्ने साइत जुर्नेछ । अतिथिका रूपमा मानसम्मान प्राप्त होला । प्रेम र मित्रताको बन्धन कसिनेछ । टाढिएका साथीभाइ पनि नजिकिनेछन् ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
वादविवादमा अलमलिनुपर्दा काममा बाधा पुग्नेछ । ईर्ष्या गर्नेहरूले आफ्ना कमजोरी देखाएर फाइदा उठाउने चेष्टा गर्नेछन् । आफ्ना सामानमा अरूले दाबी गर्लान् । अवसरवादीहरूबाट सजग रहनुहोला । बलजफ्ती गर्दा समस्या आउन सक्छ । उठ्नुपर्ने रकम तत्काल हातलागी नहुन सक्छ । परिस्थिति संघर्षपूर्ण रहे पनि आस मारेको नतिजा सकारात्मक हुनेछ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अवसर जुटे पनि अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले निराश तुल्याउन सक्छ । अध्ययनमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन समय पर्खनुहोला । कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ । सन्तान वा अनुयायीले साथ दिनेछन् ।
सत्यपाटी । काठमाडौं ।