सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा बुधवार तीन जनामा कोरोना पुष्टि

 बाँकेमा बुधवार थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा १६ जनाको पीसीआर परीक्षण गर्दा २ र जमुनाहा नाकामा एकजनाको एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको हो ।

योसँगै जिल्लामा कूल कोरोना संक्रमितको संख्या २१ हजार १५४ पुगेको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए । अहिलेसम्म २० हजार ७४३ जना निको भइसकेका छन् ।

कोरोनाबाट बाँकेमा ३५४ जनाको मृत्यु भएको छ । बुधवारसम्म बाँकेमा सक्रिय संक्रमितको संख्या ५७ रहेको पनि फोकलपर्सन वलीले जानकारी दिए । अधिकांशले होमआइसोलेसनामा स्वास्थ्य लाभ गरिरहेका छन् ।

पछिल्लो केही दिनदेखि कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य मापदण्ड पालना गर्न स्वास्थ्यकर्मीहरुले सबैलाई आग्रह गर्दै आएका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार १७:३६