सूचनाको शक्ति - The Power Of Information

        

नुवाकाेटमा खाेलाले बगाउँदा वडा सदस्यको निधन

प्रतिकात्मक तस्वीर

नुवाकोटको बेलकोटगढी नगरपालिका-१२ का निर्वाचित महिला वडा सदस्य सुकुमई तामाङको खोलाले बगाएर मंगलबार साँझ निधन भएको छ।

बेलकोटगढीको वडा नं १० र १२ हुँदै बगेको बेलकोट खोलाले बगाउँदा ५४ वर्षीया तामाङको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रूपक खड्काले जानकारी दिए।

खेतमा काम गरेर फर्कने क्रममा वडा नं १० स्थित द्वारिका टहरोमा खोला तर्ने क्रममा उनलाई बगाएको हो। तामाङको शव करिब एक किलोमिटर तल वडा नं १२ को रैकरे चौतीसमा भेटिएको खड्काले बताए।

उनी गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट महिला सदस्यमा निर्वाचित भएकी थिइन्।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार ०७:४६