नेकपा एमालेकी सांसद विन्दा पाण्डेले सार्वजनिक पद धारण गर्न न्यूनतम उमेरको प्रावधान राख्नेकुरा अवैज्ञानिक भएको बताउनुभएको छ ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद पाण्डेले युवाहरुलाई उमेर नपुगेकै कारण कुनै सार्वजनिक पद धारण गर्नबाट वञ्चित गर्नु नहुने बताउनुभएको हो ।
उहाँले नयाँ पुस्ताले हरेक कुरामा सक्षमतापूर्वक नेतृत्व दिनसक्ने भन्दै युवाहरुलाई न्यूनतम उमेर भनेर राख्नुको तुक नरहेको जिकिर गर्नुभयो । उहाँले सार्वजनिक पदमा रहेर युवाहरुलाई काम गर्नका लागि न्यूनतम उमेर तकेकिएकोप्रति आपत्ति जनाउँदै शैक्षिक योग्यता, अनुभव भएमा काम गर्नबाट वञ्चित गराउनु नहुने बताउनुभयो ।
सांसद पाण्डेले सक्षम र योग्यता पुगेका युवाहरुलाई बुढ्यौली भएन भनेर रोक्नु उचित नभएको भन्दै कुनैपनि ठाउँमा अरु योग्यता र अनुभव पुग्छ भने न्यूनतम उमेर तोक्ने गरेर कुनैपनि नीति निर्माण गर्नु नहुने बताउनुभयो ।
सांसद पाण्डेले संविधानद्वारा नीति निर्माण गरेर खेलिएका कार्यालयहरुमा उमेर नपुगेकै कारण सक्षम नहुने भन्ने कुरामा पुनर्विचार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले समावेशिताको कुरा एकपक्षीय रुपमा गर्न नमिल्ने भन्दै समावेशिताको कुरा हरेकपटक उठाउन नपर्ने ढंगबाट सरकारले आफ्ना दस्ताबेज अघि सार्नुपर्ने बताउनुभयो ।
सत्यपाटी । काठमाडौँ ।