सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा गडरिया दम्पती मृत फेला, हत्याको आशंका

बाँकेको कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा मंगलबार बिहान दम्पती मृत फेला परेका छन् ।

प्रहरीका अनुसार पत्नी मञ्जु गडरिया घरभित्र र पति कृष्ण गडरिया घर बाहिर मृत भेटिएका हुन् । अहिले प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।

‘चुँडिएको डोरी भेटिएको छ, घटनास्थल रगताम्य देखिएको छ, संघर्ष गरेको देखिन्छ,’ बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले भने, ‘उनीहरूको हत्या भएको देखिन्छ ।’ मृतक दम्पतीको शरीरमा चोट देखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलवार ०९:४८