सूचनाको शक्ति - The Power Of Information

        

३० वर्षपछि स्तरोन्नति हुँदै सडक

फाइल तस्वीर

करिब तीन दशकपछि सुर्खेत–बाबियाचौर–बेनीघाट सडकको निर्माणको तयारी थालिएको छ । यो सडक निर्माण भएको लामो समयसम्म पनि स्तरोन्नति हुन नसक्दा सुर्खेतको पश्चिम क्षेत्रका नागरिक अझै पनि धुलाम्मे र हिलाम्मे बनेर यात्रा गर्नुपर्ने बाध्यता थियो ।

अब यो सडकको काम पहिलो चरणमा बड्डीचौर–खम्बगाडे सडक कालोपत्रे गरिनेछ । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी रु.४२ करोड ४७ लाख ६१ हजार लागतमा निर्माण कम्पनीसँग पूर्वाधार विकास निर्देशनालय सुर्खेतबीच सम्झौता भएको छ ।

आगामी २०८१ असार २४ गतेसम्म सडक कालोपत्रे गरिसक्नुपर्नेछ । सडकको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री पदमबहादुर रोकायाले सिलान्यास गरेका थिए । वर्षौंदेखि कच्ची सडकमा खाल्डा बन्दा आवतजावतमा समस्या भोग्दै आएका नागरिकलाई राहत हुने भएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलवार ०९:३३