सूचनाको शक्ति - The Power Of Information

        

पाँचथरमा करेन्ट लागेर एक जनाको ज्यान गयाे, एक जना घाइते

प्रतिकात्मक तस्वीर

पाँचथरमा करेन्ट लागेर एक जनाको ज्यान गएकाे छ । एक जना घाइते भएका छन् ।

अन्न पिस्ने मिलमा विद्युत् सर्ट भइ करेन्ट लाग्दा घाइते भएका तुम्बेवा गाउँपालिका–२ का ३८ वर्षीय जीवन मगरको उपचारका क्रममा गएराति ज्यान गएकाे हो । करेन्ट लागेर त्यही ठाउँका ३५ वर्षीय पूर्णकुमार मगर घाइते हुनुभएकाे छ।

हिजाे दिउँसो २ बजे  जीवनको घरमा रहेकाे मिलमा अन्न पिस्ने क्रममा उनीहरूलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका उनीहरुलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकामा अस्पताल पुर्याउनासाथ जीवनलाई चिकित्सकले मृत घोषित गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

करेन्ट लागेर घाइते भएका पूर्णकुमारको त्यही अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मृतक जीवनले केही समय अगाडिमात्रै घरमा मिल जडान गरेका स्थानीयवासीले बताएका छन् ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलवार ०८:५१