सूचनाको शक्ति - The Power Of Information

        

रामेछापस्थित खिम्ती खोलामा बाढीको खतरा बढ्यो

रामेछापस्थित खिम्ति खोलामा जलसतहले सतर्कता तह पार गरेको छ। रसनालु जलमापन केन्द्रमा जलसतहले सतकर्ता पार गरेपछि तटीय क्षेत्रका वासिन्दालाई अलर्ट एसएमएस पठाइएको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार त्यहाँ थप वर्षा हुने भएकाले जलसतह थप बढ्नसक्ने जोखिम छ।

सोमबार राति कास्कीको घलेखर्क वर्षामापन केन्द्र र आसपासमा भारी वर्षा मापन भएको छ। घलेखर्क, पुरनचौर, भुर्जुङ खोला र आसपासको कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको महाशाखाले जनाएको छ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही दक्षिणतिर छ भने पूर्वमा सरदर स्थान आसपासमा रहेको छ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलवार ०७:३१