सूचनाको शक्ति - The Power Of Information

        

माल्दिभ्सविरुद्ध नेपालकाे सुरुवाती अग्रता

२० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलअन्तर्गत पहिलो खेलमा नेपालले माल्दिभ्सविरुद्ध सुरुवाती अग्रता बनाएको छ ।

भारतको भुवनेश्वरमा जारी प्रतियोगिताकै पहिलो खेलको ४१औं मिनेटमा नेपालका अभिषेक वाइबाले गोल गरेका हुन् ।

फ्रिकिक हानेको बल गोल किपरबाट रिबाउन्ड भएर आएकोमा डिबक्स बाहिर रहेको वाइबाले गरेको प्रहार गोलमा परिणत भएको हो ।

पहिलो हाफको अन्त्यसम्म नेपालले १ गोलको अग्रता कायम गर्दा माल्दिभ्सले कुनै पनि गोल गर्न सकेको छैन ।

यसअघि नेपालले पाएको धेरै अवसरहरू गुमाएको थियो । खेलको अधिकांश समय नेपाली खेलाडीको गोडामा बल देखिन्थ्यो ।

च्याम्पियनसिपमा आयोजक भारतसँगै नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ । नेपालले दोस्रो खेलमा बुधबार श्रीलंकासँग खेल्नेछ ।

त्यस्तै तेस्रो खेल आइतबार भारतसँग हुनेछ भने समुहको अन्तिम खेलमा मंगलवार बंगलादेशको सामना गर्नेछ । लिग चरणका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार १७:४३