सूचनाको शक्ति - The Power Of Information

        

५० हजार नक्कली नेपाली रुपैयाँसहित एक भारतीय पक्राउ

नेपाली नक्कली रुपैयाँसहित एक भारतीय नागरिक सर्लाहीको हरिवनबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतीय नागरिक ४० वर्षीय लालमोहन पासवान रहेका छन्। पासवानको साथबाट ५० हजार रुपैयाँबराबरका नोट बरामद गरेको प्रहरीले जनाएको छ।

पासवानलाई आइतबार हरिवन नगरपालिका–११, हरिवन बजारस्थित कार्की पुस्तक पसल अगाडिबाट पक्राउ गरिएको हो।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार ०८:०७