साफ यु–२० पुरुष फुटबल च्याम्पियनसिप फुटबल आज (साेमबार) बाट भारतमा सुरु हुँदैछ ।
भुवनेश्वरमा साेमबार दिउँसो हुने उद्घाटन खेलमा नेपालको युवा टोलीले माल्दिभ्सको सामना गर्ने भएकाे छ । कालिंगा स्टेडियममा हुने खेल नेपाली सयम अनुसार दिउँसो सवा ४ बजे सुरु हुने भएकाे छ ।
यसपटक साफ जित्ने लक्ष्य लिएको नेपाल सुखद सुरुआतको योजनामा रहेको छ ।
नेपाली टोलीका कप्तान आयुष घलान टोलीका सबै भन्दा अनुभवी खेलाडी हुन् । सिनियर राष्ट्रिय टोलीका नियमित सदस्य आयुषले राष्ट्रिय टोलीका लागि ७ खेलमा १ गोल गरिसकेका छन् ।
च्याम्पियनसिपमा आयोजक भारतसँगै नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ । नेपालले दोस्रो खेलमा बुधबार श्रीलंकासँग खेल्ने भएकाे छ ।
त्यस्तै तेस्रो खेल आइतबार भारतसँग हुनेछ भने समूहको अन्तिम खेलमा मंगलबार बंगलादेशको सामना गर्ने भएकाे छ । लिग चरणका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
सत्यपाटी । काठमाडौँ ।