सूचनाको शक्ति - The Power Of Information

        

सिन्धुपाल्चोकमा बिहानै भूकम्प, काठमाडौँसम्म महसुस

 सिन्धुपाल्चोकमा सोमबार बिहानै भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर सोमबार बिहान ६ बजेर ७ मिनेटमा ४.७ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौँमा पनि महसुस भएको थियो ।

थप विवरण प्राप्त भइसकेको छैन ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार ०७:४१