सूचनाको शक्ति - The Power Of Information

        

कोभिड नियन्त्रणमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मी सम्मानित

कोभिडको महामारी उत्कर्षमा पुगेको बेला दिनरात खटिएर भूमिका निर्वाह गर्ने बाँकेका चिकित्सक र स्वास्थ्यकर्मीलाई सम्मान गरिएको छ ।

बाँके युनेस्को क्लबले आफ्नो ३३ औँ साधारणसभा तथा १० औँ अधिवेसनको अवसरमा चिकित्सक र स्वास्थ्यकर्मीलाई सम्मानित गरेको हो ।

सम्मानित हुनेमा भेरी अस्पताल नेपालगन्जका पूर्वप्रमुख डा.प्रकाश थापा, कन्सल्ट्यान्ट एनेस्थेसियोलोजिष्ट डा.पारस पाण्डे, स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठ र आपतकालीन कार्य सञ्चालन केन्द्र, बाँकेका सूचना अधिकृत रुपन ज्ञवाली रहेका छन् ।

उनीहरुलाई नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्टले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे । मेयर विष्टले बाँके र बर्दिया जिल्लामा कोभिड–१९को विश्वव्यापी महामारीको अवस्थामा रोग रोकथाम तथा व्यवस्थापनमा महत्वपूर्ण भूमिका निवार्ह गरेका चिकित्सक र स्वास्थ्यकर्मीलाई सम्मान गर्न पाउँदा गर्व लागेको बताए ।

अहिले फेरि पनि कोभिड सङ्क्रमण हुने दर बढ्दै गएकाले सबै सम्बन्धितले सचेत भएर समयमै सबे तयारी पूरा गर्नुपर्ने र आम जनसमुदायमा चेतना फैलाउनुपर्ने कुरामा उनले जोड दिए । भेरी अस्पतालले पश्चिम नेपालका सयौं बिरामीको उपचार गरेको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतवार १३:४२