सूचनाको शक्ति - The Power Of Information

        

प्रेस युनियनको नयाँ नेतृत्वका लागि आज मतदान

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान हुँदैछ ।

बागमती प्रदेशको राजधानी हेटौंडामा जारी महाधिवेशनमा बिहान ११ बजेदेखि मतदान शुरु हुने निर्वाचन समितिले जनाएको छ । दिउँसो ४ बजेसम्म तोकिएको मतदान सकिएपछि शनिबार नै गणना गर्ने तालिका छ ।

महाधिवेसनमा एक हजार ६३० जनाले मतदान गर्नेछन् । नयाँ नेतृत्वका लागि पार्टीको संस्थापन र इतर निटका पत्रकारको दुई वटा प्यानल छन् । संस्थापन पक्षको तर्फबाट अध्यक्षमा अनिता विन्दु र इतर पक्षबाट शिव लम्साल प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार ०९:०९