सूचनाको शक्ति - The Power Of Information

        

सामुदायिक वनमा भेटियो मानव कङ्काल

भेरीगङ्गा नगरपालिका–१० सुर्खेत साततलेस्थित गौरीशङ्कर सामुदायिक वनमा मानव कङ्काल भेटिएको छ । बिहीबार दिउँसो उक्त मानव कङ्काल भेटिएको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक हीराबहादुर पाण्डेले उक्त सामुदायिक वनमा च्याउ खोज्न गएका स्थानीयवासीले मानव शरीरको अस्थिरपञ्जर देखेपछि प्रहरीलाई खबर गरेको बताए ।

उनका अनुसार खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षकको नेतृत्वमा पाँच जनाको टोली त्यहाँ पुगेर घटनाबारे अनुसन्धान गरिरहेको छ ।

‘तीन–चार महिनाअघिको देखिने मानव कङ्काल पुरुषको भएको र छरिएको अवस्थामा भेटिएको थियो,’ प्रवक्ता पाण्डेले भने, ‘जनप्रतिनिधिको रोहवरमा घटनास्थलबाट मुचुल्का गरी कङ्काललाई प्रहरीले ल्याएको छ ।’

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार ०९:०७