सूचनाको शक्ति - The Power Of Information

        

स्याङ्जामा पोखरीमा डुबेर दुई जनाको मृत्यु

 जिल्लाको गल्याङ–६ पेलाकोटमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । बुधबार साँझ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर गल्याङ–६ का ३३ वर्षीया बिन्द्र गुरुङ र चार वर्षीया सोफिया गुरुङको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार सोफिया पोखरीमा डुबेको देखेपछि उनको उद्धार गर्ने क्रममा बुबा बिन्द्र पनि डुबेका थिए । तत्काल उद्धार गरी वालिङस्थित गहौँ प्राथमिक अस्पतालमा पुर्‍याइएकामा चिकित्सकले दुवैजनालाई मृत घोषणा गरेको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार ०७:५५