पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार ५ सय ६२ पिसिआर परीक्षणका क्रममा ३ सय ४० जना र १ हजार ४ सय १९ एन्टीजेन परीक्षणका क्रममा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ। त्यस्तै थप ४६ जना संक्रमित निको भएका छन् ।
हाल देशभर २ हजार २७६ जना सक्रिय संक्रमित रहेका छन्।
सत्यपाटी । काठमाडौँ ।