सूचनाको शक्ति - The Power Of Information

        

श्रीलंकाको राष्ट्रपतिमा रानिल विक्रमासिंघे निर्वाचित

रानिल विक्रमासिंघे श्रीलंकाको नयाँ राष्ट्रपतिको रुपमा निर्वाचित भएका छन् । बुधबार श्रीलंकाको संसदमा भएको निर्वाचनमा जित हात पार्दै उनी श्रीलंकाको आठौं कार्यकारी राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

बुधबारको निर्वाचनमा उनले १३४ मत पाएका थिए भने उनका प्रतिस्पर्धीहरु डुलास अलाहापेरुमाले ८२ र अनुरा कुमारा दिशानायकेले ३ मत पाएका थिए । पूर्व राष्ट्रपति गोताबाय राजपाक्षले राजीनामा दिएसँगै विक्रमासिंघे कार्यवाहक राष्ट्रपति बनेका थिए ।

श्रीलंकाका प्रदर्शनकारीहरुले भने राष्ट्रपतिसँगै विक्रमासिंघेले पनि आफ्नो पदबाट राजीनामा दिनुपर्ने माग राखेका थिए । श्रीलंका अहिले चरम आर्थिक तथा राजनीतिक संकटको सामना गरिरहेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार १४:२५