सूचनाको शक्ति - The Power Of Information

        

सर्वोच्चमा तानिए बाँकेका जिल्ला न्यायाधीश श्यामसुन्दर

बाँकेका जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीलाई सर्वोच्च अदालतमा तानेको छ । केही गम्भीर उजुरी परेपछि छानविनका क्रममा अधिकारी सर्वोच्च अदालत ताएिका हुन् ।

कायममुकाय प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायापरिषद्मा परेको उजुरीका आधारमा न्यायाधीश अधिकारीलाई सर्वोच्चमा काजमा तानेका हुन् ।

उनलाई जिल्ला अदालतमा रहेका मुद्दामा आर्थिक चलखेलदेखि न्यायिक विचलन र खराब आचरण देखिएकाले मुद्दा हेर्न तत्काल रोक्नुपर्ने अवस्था देखिएकाले सर्वोच्च झिकाइएको हो ।

सर्वोच्चले यसअघि पनि जिल्ला न्यायाधीशहरु नविन कुमार जोशी, बद्रीप्रसाद ओली, अम्विका निरौला, सूर्यकुमार अधिकारी लगायतलाई सर्वोच्चमा काजमा तानेको थियो ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार १२:२७