सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेस प्रमुख सचेतकमा यादव र सचेतकमा विश्वकर्मा नियुक्त

सत्तारूढ दल नेपाली कांग्रेसको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीन विश्वकर्मा नियुक्त भएका छन् ।

प्रधानमन्त्री समेत रहेका पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले बुधबार उनीहरूलाई उक्त पदमा नियुक्त गरेका हुन् ।

यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाँण गृहमन्त्री र सचेतक रहेकी पुष्पा भुसाल उपसभामुख बनेपछि पद रिक्त रहेको थियो ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार १२:१९